इटहरी : स्कारपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सुनसरी इटहरी उप-महानगरपालिका-६ का ३४ वर्षीय शङ्कर पोख्रेल रहेका छन् । हिजो बिहान पौने १० बजे पथरीशनिश्चरे नगरपालिका-२ जय चोक स्थितमा बा २० च २१६२ नम्बरको स्कारपियोले प्रदेश १-०२-०४४ प ९९४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका पोख्रेललाई उपचारको लागि पथरी अस्पताल पुर्‍याइएकोमा उपचारको क्रममा हिजो सवा १० बजे मृत्यु भएको हो।

स्कारपियो र चालक सप्तरी फत्तेपुर नगरपालिका १ का २६ वर्षीय रोशन बि.क.लाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।