धरान : धरानमा मंगलबार र बुधवार १८ वर्ष देखि माथिका उमेर समूहकालाई कोरोना विरुद्धको पहिलो मात्रा भेरोसेल खोप लगाइँदै छ ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार धरान उपमहानगरपालिकाको २० वडामा दुई चरणमा १८ वर्ष उमेर समूह देखि माथिकालाई चाइनिज भेरोसेल खोप लगाईदैछ ।

पहिलो दिन मंगलबार वडा नं १ देखि १० सम्म र दोस्रो दिन वडा नंं ११ देखि २० सम्म वडा कार्यालयहरूले तोकेको खोप केन्द्रहरूबाट बिहान १० बजे देखि ३ बजे सम्म खोप अभियान सञ्चालन हुनेछ। धरानमा यस पटक १० हजार जनालाई भेरोसेलको पहिलो मात्रा खोप लगाइने स्वास्थ्य महाशाखाले जनाएको छ ।

१८ वर्ष उमेर माथिका समूहले आफ्नो उमेर खुल्ने परिचय पत्रका साथ खोप केन्द्रमा उपस्थित भई पहिलो मात्राको खोप लगाउन आउन धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले अनुरोध गरेको छ ।

Khop-Suchana