चतरा : चतरामा जारी प्रथम बराह च्यालेन्ज कप फुटबल प्रतियोगिता अन्तर्गत सोमवार सम्पन्न खेलमा जित निकाल्दै आयोजक हाटखोला फुटबल क्लब रातो विजयी भएको छ ।

स्थानीय बाइसबिघे खेलमैदानमा जारी प्रतियोगितामा पञ्चायन फुटबल क्लब बक्लौरीलाई ०-१ गोलले हराउँदै आयोजक रातो विजेता बनेको हो । अत्यन्त रोचक एवम् प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफको २० औ मिनेटमा आयोजकले अग्रता लिएको थियो । आयोजकका लागि जर्सी नं ९ का खेलाडी विपिन मगरले गोल गरेका थिए ।

१ गोलले पछि परेको पञ्चायन फुटबल क्लब खेलमा फर्कने प्रयास र आयोजकले लिएको अग्रतालाई दोब्बर पार्न खोजे पनि त्यसपछि कुनै टिमबाट गोल हुन नसक्दा आयोजक रातोले पञ्चायन माथि सङ्घर्षपूर्ण जित निकालेको थियो ।

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आयोजक रातोका अमन घिसिङ म्यान अफ द म्याच घोषित भए । उनलाई हिमालयन इङ्लिस स्कुलका प्रिन्सिपल आलोक श्रेष्ठले नगद २ हजार र ट्रफी प्रदान गरे।

मङ्गलवार पटनाली फुटबल क्लब धरान र ग्रिन कल्चर फुटबल क्लब चक्रघट्टिका बिच खेल हुने आयोजक क्लब हाटखोला फुटबल क्लबका सचिव रोहित साहले बताए ।

Man-fo-The-Mach