भाण्टावारी : सुनसरीको कोसी गाउँपालिका ४ स्थित कोसी कटानमा नेकपा एमालेबाट विद्रोह गरेका कार्यकर्ताहरू नेकपा एकीकृत समाजवादीमा समाहित भएका छन् ।

नेकपा एमालेबाट विद्रोह गरी नेकपा एसमा समाहित क्रमसँगै साबिकको एमालेको कोसी गाउँपालिका ४ नं वडा कमिटीलाई नेकपा एसको वडा कमिटीमा रूपान्तरण गरिएको हो ।नेकपा एस सुनसरीका उपाध्यक्ष रामचन्द्र मटियैतका अनुसार सुनसरीमा पार्टी गठन पुनर्गठनको अभियान सुरु गरेपछि एमालेबाट विद्रोह गर्दै नेकपा एसमा समाहित हुने क्रम जारी भएको हो ।

उपाध्यक्ष मटियैतले एमालेका नेताहरू राजनीतिक नैतिकता गुमाउँदै सङ्गठनको नीति सिद्धान्त र विधिबाट अलग भई नेतालाई देवत्वकरण गरी व्यक्ती पूजामा लागेपछि त्यहाँबाट दैनिक सयौँको सख्याँमा विद्रोह गर्दै नेकपा एसमा समाहित हुने क्रम रहेको बताए । मटियैतले सुनसरीमा विद्रोह गरेर आउने नेता कार्यकर्ताहरूलाई साबिककै एमालेको जिम्मेवारी रहेर कार्यक्षेत्रमा जिम्मेवारी दिएकाले पद तथा गोपनीयताको शपथ ग्रहण गराएको बताए ।

सोमबार कोसी गापा ४ मा भएको भेलाले मोहम्मद बसिरको अध्यक्षतामा ५१ सदस्य वडा कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा राधिका कामैत र मुसुफ आलम, सचिवमा मोहम्मद मजेवुल र उप-सचिवमा मोहम्मद इजराइललाई चयन गरेको छ।

भेलामा नेकपा एसका जिल्ला सदस्य राजकुमार कुसियैत, जाकिर आलम, वासिक अलि, कोसी गाउँ कमिटीका अध्यक्ष शत्रुधन चौधरी, युवा सङ्घ सुनसरी उपाध्यक्ष समिम आलम, साहवुद्धिन नेकपा एसकी उपाध्यक्ष कैइकशा अन्जुम लगायतले बोलेका थिए । शत्रुधन चौधरीले सञ्चालन गरेको कार्यक्रममा केइकशा अन्जुमले स्वागत मन्तव्य राखेकी थिएन ।