झापा : विद्युत सर्ट भएर आगलागी हुँदा झापाको भद्रपुर ५ स्थित मेची कपास उद्योग र मयाङ्क स्टोर्समा लाखौँ मूल्य बराबरको क्षति भएको छ ।

विद्युत सर्ट भएर सोमबार साढे ३ बजे उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । आगलागीबाट सात लाख मूल्य बराबरका इलेक्ट्रिक मोटर पार्टससहित मेसिन जलेको छ भने, एक लाख ५० हजार मुल्यबारको भवनमा क्षति भएको सञ्चालक मदन सहनीले जानकारी दिए ।

सहनीका अनुसार उद्योगमा रहेको कच्चा तथा पक्का सामान चार लाख र विद्युतीय सामान एक लाख बराबरको क्षति भएको छ ।

आगो भद्रपुर नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।