विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना सङ्क्रमण भएको छ ।

३७५ जनाको पीसीआर परीक्षण गर्दा १३ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ६, झापामा ५, सुनसरी र प्रदेश १ बाहिरका १-१ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ५, मिक्लाजुङमा १, झापाको दमक र भद्रपुरमा २-२ र बिर्तामोडमा १, सुनसरीको इटहरी र प्रदेश १ बाहिरका १–१ जनामा सङ्क्रमण देखिएको हो ।

प्रदेश १ मा आज २९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १३ महिला र १६ पुरुष रहेका छन् ।

प्रदेश १ मा हाल सम्म पीसीआर र एन्टिजेन दुवैगरि २ लाख ७३ हजार ४५५ जनामा कोरोनामा कोरोना सङ्क्रमण भएको छ ।

सक्रिय सङ्क्रमितको सङ्ख्या ११७ रहेको छ । कोरोना सङ्क्रमण भएर हालसम्म २ हजार १८७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७५१ महिला र १४३६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।