धरान : सुनसरीको इटहरी उपमहानगरपालिका-४ मा आफ्नै सालोले छुरा प्रहार गर्दा भिनाजुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इटहरी-४ का ५१ वर्षीय श्रीमुरारी गिरी रहेका छन् । हिजो बेलुका साढे ४ बजे गिरीकै घरमा बस्दै आएका सालो १९ वर्षीय अर्जुन राईले गिरीको छातीमा छुरा प्रहार गरेका थिए ।

घाइते गिरीलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा गए राती ७ बजे मृत्यु भएको १ नम्वर प्रहरी कार्यालय विराटनगरले जनाएको छ । छुरा प्रहार गर्ने राईलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।