धरान : मोरङको विराटनगर महानगरपालिका-१७ मटेरुवाबाट मोटरसाइकल चोरीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी रामधुनी नगरपालिका-३ घर भई विराटनगर महानगरपालिका-११ मा डेरा गरी बस्ने २८ वर्षीय उमेश दाहाल रहेका छन् ।

मङ्सिर २६ गते राती साढे ८ बजे विराटनगर स्थित कोशी अस्पतालको परिसरमा पार्किङ गरी राखेको को २५ प ५०२४ नम्बरको बुलेट मोटरसाइकल चोरी भई खोजतलास गर्ने क्रममा प्रहरी चौकी मटेरूवाबाट खटिएको प्रहरी टोलीले भारतको जोगवनी तर्फ लादै गरेको अवस्थामा मोटरसाइकल सहित दाहाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दाहाललाई मोरङ जिल्ला अदालतबाट चोरी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको छ।