धरान : मोरङको विराटनगर महानगरपालिका १० बसपार्कबाट जागिर लगाई दिन्छु भनी ठगी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा गोर्खाको लखन गाउँपालिका-२ का ३८ वर्षीय गणेशराज अर्याल रहेका छन् । अर्यालले उदयपुरको त्रियुगा नगरपालिका-८ का उमेश कुमार दनुवार र प्रेम कुमार दनुवारबाट पटक–पटक गरी नगद  १ लाख ७३ हजार रकम ठगी गरेका थिए ।

पक्राउ परेका अर्यालको जिल्ला अदालत मोरङबाट ठगी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।