विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना सङ्क्रमण भएको छ ।

३८५ जनाको पीसीआर परीक्षण गर्दा २७ र १५१ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १७, सुनसरीमा ५, झापामा २, धनकुटा, तेहृथुम र प्रदेश १ बाहिरका १-१ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ११, सुन्दरहरैचामा ३, धनपालथान, सुनबर्षी र उर्लाबारीमा १-१, सुनसरीको इटहरीमा ४, धरानमा १, झापाको भद्रपुर र हल्दिबारीमा १-१, धनकुटाको धनकुटा नगरपालिका, तेहृथुमको म्याङ्लुङ र प्रदेश १ बाहिरका १–१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा महिला १२ र पुरुष १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।