चतरा : चतरामा जारी प्रथम बराह च्यालेन्ज फुटबल प्रतियोगिता अन्तर्गत बुधवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा जित निकाल्दै सप्तकोसी युवा क्लब देबिघाट फाइनलमा प्रवेश गरेको छ।

स्थानीय बाइसबिघे खेल मैदान जारी प्रतियोगितामा आयोजक हाटखोला फुटबल क्लब (निलो) लाई ०-१ गोलले हराउँदै सप्तकोसीले फाइनलको यात्रा तय गरेको हो।

पहिलो हाफमा दुवै टिमले बिना गोल बराबरी खेलेको अत्यन्त रोचक एवम् प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफको २२ औ मिनेटमा सप्तकोसीले अग्रता लिएको थियो । सप्तकोसीका लागि निर्णायक गोल जर्सी नं २ का खेलाडी सुमन लामिछानेले गरेका थिए।

१ गोलले पछि परेको आयोजक रातोले खेलमा फर्कने प्रयास र सप्तकोसीले अग्रतालाई दोब्बर पार्न खोजे पनि त्यसपछि कुनै टिमबाट गोल हुन नसक्दा सप्तकोसीले आयोजक निलो माथि सङ्घर्षपूर्ण जित निकालेको हो ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका सप्तकोसीका सुवास तामाङ म्यान अफ द म्याच घोषित भए । उनलाई प्रायोजक आदर्श सामुदायिक बन उपभोक्ता समूहका सचिव एवम् नेपाली काँग्रेसका वडा नं २ का सभापति अमर कटुवालले नगद २ हजार र ट्रफी प्रदान गरे ।

उपाधिकालागि सप्तकोसीले बिहीबार हुने अन्तिम सेमिफाइनल खेल एभरेस्ट फुटबल क्लब नडाहा र पटनाली फुटबल क्लब धरानबिचको विजेतासँग खेल्ने आयोजक क्लब हाटखोला फुटबल क्लबका सचिव रोहित साहले बताए ।

Man-Of-The-mach 1