धरान : चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजले बिरामी विद्यार्थी र प्रतिष्ठानको सर्वोच्चतालाई सर्वोपरि राख्दै सर्वोच्च अदालतको आदेश पालना गरी प्रतिष्ठानको कामकारबाही तथा दीर्घकालीन हितको लागी काम गर्न प्रतिष्ठानका सम्पूर्ण सदस्यहरूमा अनुरोध गरेको छ ।

समाजले बुधवार एक विज्ञप्ति जारी गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चलिरहेको घटना क्रमलाई चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजले सूक्ष्म रूपले नियालिरहेको तथा सर्वस्वीकार्यरुपले प्रतिष्ठानको हकहितलाई सर्वोपरि राख्दै परिस्थितिलाई सहज बनाउन सकारात्मक भूमिका खेलिरहेको जनाएको छ ।

समाजका अध्यक्ष डा. अरुणकुमार सिंह र महासचिव डा.आरती शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा सम्मानित सर्वोच्च अदालतले प्रतिष्ठानमा लागेको तालाबन्दी खोलाएर काम कारबाहीहरू सुचारु रूपमा सञ्चालन गर्नु गराउनु भनी नियमावली २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी भएको सम्बन्ध सभागारमा भएको छलफललाई पनि मध्यनजर गर्दै बिरामी विद्यार्थी र प्रतिष्ठानको सर्वोच्चतालाई सर्वोपरि राख्दै सर्वोच्च अदालतको आदेश पालना गरी प्रतिष्ठानको काम कारबाही तथा दीर्घकालीन हितको लागी काम गर्न यस समाजका तथा यस प्रतिष्ठानका सम्पूर्ण सदस्यहरूमा हार्दिक अनुरोध गर्दछौ भनिएको छ ।

Bigyapti-1