झापा : प्रेस चौतारी झापाको अधिवेशन पुस १९ गते झापाको गौरादहमा हुने भएको छ ।

बुधवार बिर्तामोड स्थित नेकपा एमालेको पार्टी कार्यालयमा भएको कार्यसमितिको बैठकले अधिवेशन गर्ने मिति र स्थानको टुङ्गो लगाएको हो । यस्तै अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न उप समिति पनि निर्माण गरेको छ ।

अधिवेशन सम्पन्न गर्नका लागि प्रेस चौतारी झापाका अध्यक्ष टिकाराम उप्रेतीको संयोजकत्वमा र वर्तमान कार्यसमितिका सबै पदाधिकारीका साथै सदस्य समेत रहने गरिएको अधिवेशन मूल आयोजक कमिटी पनि घोषणा गरिएको छ ।

यस्तै आर्थिक र सदस्यता छानबिन उप समिति समेत घोषणा गरिएको छ । घोषित आर्थिक समितिमा सङ्गठनका उपाध्यक्ष मनकुमार गदालको संयोजकत्वमा सदस्यहरूमा भूमिराज पराजुली, उमनाथ भण्डारी, राम प्रसाद निरौला, रामेश तिवारी र अनिल वाग्ले रहेका छन् ।

त्यसैगरि सचिव प्रदीप परियारको संयोजकत्वमा सदस्यता छानबिन समिति गठन गरिएको छ । उक्त समितिका सदस्यहरूमा सुदिप अधिकारी, रुपा बुढाथोकी, सागर गौतम, अच्युत सुवेदी, सिर्जन घिमिरे, सरोज भट्टराई, प्रकाश पौडेल र रोहित काफ्ले रहेका छन् ।