झापा : झापाको गौरीगञ्ज गाउँपालिका ४ मा चार बिगाहा खेतमा फलाएको धानमा आगलागी हुँदा सम्पूर्ण धान जलेर नष्ट भएको छ।

इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रमुख राकेश रेग्मीका अनुसार गौरिगञ्ज गाउँपालिका-६ खजुरगाछी बस्ने राजन महतोको ४ बिगाहा खेतको धान काटी जम्मा गरी राखेको थुप्रोमा गए राती करिब साढे १२ बजे तिर आगलागी हुँदा सम्पूर्ण धान नष्ट भएको हो । आगो प्रहरी तथा स्थानीय मिलेर नियन्त्रणमा लिए पनि धान भने नष्ट भएको गौरीगञ्जका प्रहरी प्रमुख राकेश रेग्मीले बताए।

धान काटेर थ्रेसर गर्न तयारी अवस्थामा राखिएको धानको थुप्रोमा आगलागी हुँदा २ लाख ५० हजार भन्दा बढीको क्षति भएको पीडित राजनको भनाइ छ। धानमा कसैले आगो लगाएको हुन सक्ने स्थानीयको आशङ्का छ। घटनाका बारे थप अनुसन्धान भइरहेको गौरीगञ्ज प्रहरीले जनाएको छ।