धरान : धरानमा अहिले सम्म ७६ हजार जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

यी मध्ये ६७ हजार जनाले कोरोना विरुद्धको पुर्णमात्रा खोप लगाएका छन् । गएको माघ १४ गतेबाट सुरु भएको कोरोना विरुद्धको खोप अभियानमा सुरुमा कमैले मात्रै खोप लगाएका थिए ।

त्यस पछि कोरोना संक्रमणदर बढ्दै गएपछि सर्वसाधारणमा पनि खोप प्रति विश्वास बढ्दै गएसँगै अहिले सम्म धरानमा मात्रै ७६ हजार जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । धरानको जनसङ्ख्याको अनुपातमा ३८ प्रतिशतले खोप लगाएका छन् ।

Khop-3 2

पूर्ण खोप लगाउनेको सङ्ख्या ६७ हजार रहेको छ । जनसङ्ख्याको अनुपातमा साढे ३३ प्रतिशतले कोरोना विरुद्धको पूर्ण खोप लगाएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए ।

धरानमा गत वर्ष माघ १४ गते देखि यता कोभिसिल्ड, भेरोसेल, जोन्सन, एक्स्ट्राजेनेका र फाईजर खोप लगाइएको छ । धरानमा १२ वर्ष देखि माथि अशक्त दिर्घरोगी र पछिल्लो समय १८ वर्ष देखि माथिका उमेर समुहकाहरुलाई लक्षित गरेर खोप अभियान सञ्चालन भएको थियो ।

Khop-4

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार आइतबार पछि धरानमा फेरि १८ वर्ष देखि माथिका उमेर समूहलाई लक्षित गरेर ३० हजार जनालाई भेरोसेलको पहिलो मात्रा खोप लगाउने तयारी भइरहेको छ ।

Khop-1 1