झापा : नेकपा एमालेका झापा जिल्ला इन्चार्ज अग्नि खरेलले नेकपा एमाले आगामी दिनमा फरक ढङ्गले अघि बढ्ने बताएका छन् ।

झापाको बिर्तामोडमा कपुरी न्युजकर्मीसँग कुरा गर्दै खरेलले एमालेबाट एउटा चोइटा टुक्रिएर जाँदैमा केही फरक नपर्ने उनले बताए ।

एमालेबाट अल्लगीएका माधव नेपाल समूहका नेतालाई इङ्गित गर्दै खरेलले भने, “चोइटिएर गएकाहरू आफ्नै ढङ्गले सास फेर्न सक्ने अवस्थामा छैनन् । अहिलेको गठबन्धन चुनाव सम्म लानुपर्छ भन्नुको तात्पर्य नै एक्ला एक्लै चुनावमा लड्न नसक्नु हो ।” कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने खेलमा लागेकाहरूबाट एमालेलाई कुनै खतरा नरहेको उनले प्रस्ट पारे ।

यस्तै खरेलले झापामा एमालेबाट चोइटिएर गएकाहरूबाट कुनै असर नपरेको दाबी गरे । उनले भने, “कोही घर छाडेर जाँदैमा केही असर पर्दैन । चोइटा टुक्रिएर गएको छ त्यसमा पाउला लाग्ने अवस्था नै देखिँदैन । ”

जुन पार्टीसँग प्रतिस्पर्धा गरेर गएको त्यै पार्टीसँग गठबन्धन गरेर माधव नेपाल र प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्न खोजेको खरेलको आरोप छ ।

झापामा आगामी २३ गते जिल्ला अधिवेशन हुने र उक्त अधिवेशनमा कम्युनिष्टहरुको तपो भूमिका रूपमा रहेको झापा जिल्लामा विभाजनको कुनै असर नदेखिने उनले प्रस्ट पारे ।