विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना सङ्क्रमण भएको छ ।

२५५ जनाको पीसीआर परीक्षण गर्दा १५ र १८९ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ८, सुनसरीमा ४, झापामा २ र धनकुटामा १ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ४, कटहरीमा २, सुन्दरहरैचा र धनपालथानमा १-१, सुनसरीको इटहरीमा ४, झापाको शिवसताक्षी र कमल गाउँपालिकामा १-१, र धनकुटाको पाख्रिबासमा १ जनामा सङ्क्रमण देखिएको हो ।

प्रदेश १ मा आज १७ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ८ महिला र ९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।