विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना सङ्क्रमण भएको छ । मोरङमा १० र झापामा एक जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ७, रंगेली, धनपालथान र बेलबारीमा १-१ र झापाको शिवसताक्षीमा १ जनामा सङ्क्रमण देखिएको हो ।

प्रदेश १ मा आज २० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ६ महिला र १४ पुरुष रहको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ९५ रहेको छ ।