धरान : सुनसरीको गढी गाउँपालिका-५ मा सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा गढी गाउँपालिका-६ का २५ वर्षीय नीराजन राय रहेका छन् । गए राति ८ बजे को ३ त ३९ नम्बरको ट्याक्टरको पछाडिको डालामा ठोक्किन गई ना ८ प ४३९० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक रायको घटना स्थलमै मृत्यु भएको हो ।

मोटरसाइकल पछाडि सवार गढी-६ कै २७ वर्षीय अक्षय राय समेत घाइते भई उपचारको लागि विराट नरसिंह होम विराटनगर पुर्‍याएको छ । मोटरसाइकल र ट्याक्टर इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।