धरान : धरानमा आज देखि पाँच दिने चासोक तङ्नाम सांस्कृतिक उत्सव सुरु भएको छ ।

धरान-१५ को चुम्लुङ हिममा आज देखि विधिबतरुपमा चासोक तङ्नाम सांस्कृतिक उत्सवको उद्घाटन भएको हो । एक राते तङसिङ राखेर हिजै देखि सुरु भएको चासोक तङ्नामको विधिवत् औपचारिक कार्यक्रमका साथ धरान उपमहानगरपालिकाका मेयर तिलक राईले उद्घाटन गरेका हुन् ।

Chasok-1 उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर राईले लिम्बु जातिको मौलिक संस्कृतिको संरक्षणमा किरात याक्थुङ चुम्लुङ र लिम्बु दाजुभाइहरूले महत्त्वपूर्ण भूमिका खेलेको बताए । मौलिक संस्कार संस्कृतिलाई बचाउनुपर्ने बताउँदै मेयर राईले पहिला हाम्रा पुर्खाहरूले मान्दै आएको संस्कार संस्कृतिलाई जोगाउँदै अघि बढ्नुपर्छ ।

विधिबतरुपमा औपचारिक कार्यक्रम उद्घाटन समारोह भन्दा अघि बिहानै धरानमा बसोबास गर्ने लिम्बु जातिहरूको खेतबारीमा फलेको पहिलो अन्नबाली आफ्नो इष्ट देवता तागेरा निङ्वाफुमाङलाई चढाएर मात्रै खान हुने परम्परा अनुसार चासोक अर्थात् न्वागी गरेका थिए । विजयपुरको हाङयुक्नामा पूजा र धरानको प्रवेशद्वारमा रहेको श्रीजंगा सिंथेबेको सालिकमा माल्यार्पण गरिएको थियो ।

Chasok-2

पाँच दिने चासोक तङ्नाम सांस्कृतिक उत्सवमा कार्यक्रम अवधिभर लिम्बु जातिको मौलिक बाजा च्याब्रुङ प्रतियोगिता, आदिवासी जनजाति महासङ्घ आबद्ध जातीय सङ्घ संस्थाहरूको सांस्कृतिक प्रदर्शनी, यालसङ, पालम र हाक्पारे साम्लो लगायत हरेक साँझ ६ बजे देखि राति ११ बजे सम्म स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहने किरात याक्थुङ चुम्लुङ धरान उपमहानगर समितिका सचिव जय सम्वाहाम्फेले जानकारी दिए । कार्यक्रम स्थलमा विभिन्न २२ वटा स्टलहरू पनि रहेका छन् ।

Chasok-4 Chasok-5