विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना सङ्क्रमण भएको छ ।

२३० जनाको पीसीआर परीक्षण गर्दा झापामा ५, मोरङमा ४ र इलाममा २ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झापाको दमक र बाहृदशीमा २-२ र शिवसताक्षीमा १, मोरङको उर्लाबारी, लेटाङ, केराबारी र रतुवामाईमा १-१, इलामको चुलाचुली र माईजोगमाईमा १-१ जनामा सङ्क्रमण देखिएको हो ।

प्रदेश १ मा आज १५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ८ महिला र ७ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ९१ रहेको छ ।