धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गाइनो अप्रेसन थिएटरमा तोडफोड भएको छ ।

धरान-१३ जानकी चौककी २५ वर्षीय आस्था चौहान रानालाई प्रसूतिको लागि पुस ३ गते प्रतिष्ठानको प्रसुतीवार्डमा भर्ना गरिएको थियो ।

आज अप्रेसन गरेर प्रसूति गराउँदा बच्चाको मृत्यु भएकोले चिकित्सकको लापर्वाहीले बच्चाको मृत्यु भएको भन्दै बिरामीका आफन्तले गाइनो अप्रेसन थिएटरमा तोडफोड गरेको प्रतिष्ठान प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

Bp-Ma-todfod-3 Bp-Ma-todfod-2