धरान : चिकित्सकको लापरवाहीको कारण बच्चाको मृत्यु भएको भन्ने विषयमा अहिले दुवै पक्ष बिच छलफल हुँदैछ।

धरान-१३ पशुपति मार्गकी २५ वर्षीय आस्था चौहानलाई प्रसुतीको लागि पुस ३ गते प्रतिष्ठानको प्रसुतीवार्डमा भर्ना गरिएको थियो। आज अप्रेसन गरेर प्रसूति गराउँदा बच्चाको मृत्यु भएकोले चिकित्सकको लापरवाहीले बच्चाको मृत्यु भएको भन्दै बिरामीका आफन्तले गाइनो अप्रेसन थिएटरमा तोडफोड गरेका थिए।

बिरामीलाई सुत्केरी व्यथाले च्यापेपछि समयमै अप्रेसन गर्न बिरामीका आफन्तले चिकित्सकलाई अनुरोध गरेका थिए। तर चिकित्सकले समयमै अप्रेसन नगरी दिएकोले बच्चाको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । बच्चाको मृत्यु भए पछि बिरामीको आफन्तले अप्रेसन थिएटरको ढोकाको सिसा तोडफोड गरेका थिए।

चिकित्सकको लापर्वहीको कारण बच्चाको मृत्यु भएको बिरामीको आफन्तको आरोप पछि अहिले प्रतिष्ठानको अस्पताल निर्देशकको कार्यकक्षमा बिरामीका आफन्त र गाइनोका डाक्टरलाई राखेर छलफल गरिँदैछ।