विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना सङ्क्रमण भएको छ ।

२८५ जनाको पीसीआर परीक्षण गर्दा ८ जना र ७४ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५ र झापामा ३ जनामा सङ्क्रमण देखिएको हो । मोरङको विराटनगरमा ३, उर्लाबारी र बेलबारीमा १-१, झापाको अर्जुनधारा, कनकाई र भद्रपुरमा १-१ जनामा सङ्क्रमण देखिएको हो ।

प्रदेश १ मा आज १२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ६ महिला र ६ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ८६ रहको छ ।