झापा : झापाको दमकस्थित बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरमा आगलागी भएको छ ।

बेलडाँगी-२ को हट नम्बर सी २ छाप्रा नम्बर २०२ मा आगलागी हुँदा घरमा भएका सबै सरसामान जलेर नष्ट भएका छन् ।

सो घरमा भुटानी शरणार्थी रोहित महत बस्दै आएका थिए । उनी सो घरमा एक्लै बस्दै आएका थिए । आज दिउसो करिब ४ बजे घरमा कोही नभएको बेला अचानक आगो लागेको देखेपछि छिमेकीले दमकललाई खबर गरेका थिए ।

आगो करिब आधा घण्टापछि नियन्त्रणमा आए पनि घर र घरमा भएका सम्पूर्ण सामान जलेर नष्ट भएको छ । महतका २ छोरी र श्रीमती हाल अमेरिकामा रहेका छन् ।