विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना सङ्क्रमण भएको छ ।

४३६ जनाको पीसीआर परीक्षण गर्दा १६ र ११६ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५, झापामा ४, धनकुटामा ३, सुनसरीमा २ र उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा सङ्क्रमण भएको हो ।

मोरङको विराटनगरमा २, कानेपोखरी, मिक्लाजुङ र पथरीशनिश्चरेमा १-१, झापाको बिर्तामोडमा २, हाल्दिबारी र मेचीनगरमा १-१, धनकुटाको धनकुटा नगरपालिकामा ३, सुनसरीको इटहरीमा २, उदयपुरको त्रियुगा र प्रदेश १ बाहिरका १-१ जनामा सङ्क्रमण भएको हो ।

प्रदेश १ मा आज ११ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३ महिला र ८ पुरुष रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ९६ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।