इनरुवा : नेकपा एकीकृत समाजवादी सुनसरीले जिल्लाका शहरी तथा ग्रामीण क्षेत्रका टोल बस्तीमा भूमिगत राजनीतिको झल्को दिने गरी रातीको समयमा सङ्गठन विस्तार अभियान चलाएको छ ।

नेकपा एसका केन्द्रीय सदस्य केशवकुमार विष्टका अनुसार सहर बजार क्षेत्रका स्थानीयहरू दिनभर व्यापार व्यवसाय लगायतका रोजगारमूलक कार्यमा व्यस्त हुने भएकाले सवै जना एकसाथ भेला हुन समस्या भएपछि उहाँहरूको आग्रहमा रातीको समयमा सङ्गठन विस्तार गर्न थालिएको बताइएको छ ।

केन्द्रीय सदस्य विष्टले सुनसरीका १२ वटा पालिकाका १ सय २४ वडा मध्ये धरान, इटहरी, दुहबीका सहर बजारमा रहेका वडाका अधिकांश स्थानीयहरू रोजगारीमा प्रत्यक्ष रूपमा जोडिएका सङ्गठन निमार्ण अभियान रातीको समयमा गर्दा ठुलो सख्यामा मानिसहरू भेला जम्मा हुने भएकाले भूमिगत शैलीको देखिए पनि सवै जना एकसाथ भेला हुँदा राजनीतिक छलफल राम्रोसँग हुने गरेको बताए ।

नेकपा एसका इटहरी उपमहानगरपालिकाका इन्चार्ज केवल फुयाँलले इटहरीका अधिकांश वडामा रहेका पार्टीका समर्थक शुभचिन्तकहरू दिनभर काममा व्यस्त भएपछि उहाँहरूले साझपरेपछि सवै जना भेला हुन समय मिलाउँदै हामीलाई बोलाउन थाल्नु भएकाले पञ्चायतकलामा माले कालिन सङ्गठन निमार्णको झल्को दिने गरी पार्टीको कमिटीहरू गठन गर्न थालिएको बताए ।

इन्चार्ज फुयाँलले भने रातीको समयमा सवैजनाको बाहिर जान हतार नहुने भएपछि पार्टीको नीति कार्यक्रम, रणनीति, आगामी योजनासँगै कम्युनिस्ट आन्दोलनका बारेमा जानकारी दिँदै भेलामा सहभागीहरूले दोहोरो प्रश्न उत्तर गर्दै आफ्ना कुरा राख्न पाएको बताए ।

दुई दिनदेखि इटहरी १४ नं वडामा रातीको चिसो मौसम भए पनि न्यानो लुगा लगाएर आगो ताप्दै समयमा वडा तथा तहको कमिटी गठन कार्यमा नेतृत्व चुन्ने चुनिने प्रक्रिया सम्पन्न हुँदै आएको बताए ।

नेकपा एसले इटहरी १४ नं वडामा सूर्यनारायण चौधरी अध्यक्ष रहेको ५१ सदस्य कमिटीमा उपाध्यक्ष पुष्पा चौधरी, सचिव पूजा चौधरी र उपसचिव कैला पासवान चयन भएका छन् ।

सुनसरीको भारतीय सिमा क्षेत्रका बस्तीमा नेकपा एसको सङ्गठन निमार्ण

नेकपा एकीकृत समाजवादी सुनसरीले नेपाल भारत सिमा क्षेत्र नजिक रहेका टोल बस्तीमा पार्टीको सङ्गठन निमार्ण अभियान सञ्चालन गरेको छ ।

नेकपा एसका सुनसरी उपाध्यक्ष रामचन्द्र मटियैतका अनुसार सिमाक्षेत्रका स्थानीयहरू विभिन्न राजनीतिक दलका नेताबाट वर्षौँदेखि झुटा आश्वासन पाउँदै ठगिँदै आएकाले नेकपा एसमा आबद्ध हुने लहर चलेपछि अभियान चलाएको हो ।

उपाध्यक्ष मटियैतका अनुसार सुनसरीको हरिपुर, श्रीपुरजब्दी, लौकही, पश्चिम कुशाहा लगायतका सिमाक्षेत्रका टोल बस्तीका वडाहरूमा बसोबास गर्ने स्थानीयहरू सयौँको सङ्ख्यामा भेलामा सहभागी भई कमिटीमा सङ्गठित हुने गरेका छन् ।

यस क्रममा सुनसरीको कोशी गाउँपालिका –५ श्रीपुरजब्दीमा दिलीप यादवको अध्यक्षतामा ४३ सदस्यीय वडा कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा मन्जुर आलम,र दिलीप कुमार परसैला सचिवमा श्याम रैहता , उपसचिवमा रिजवाना खातुन चयन भएकी छिन् ।नव गठित पदाधिकारी तथा सदस्यहरूलाई पार्टीको नीति, विधान अनुसार शपथ खुवाएको थियो ।

कार्यक्रममा कोशी गाउँपालिका नेकपा एसका उपाध्यक्ष वासिक आलिले कार्यक्रममा स्वागत मन्तव्य राख्दै नव गठित पदाधिकारीहरुलाइ पार्टीको सङ्गठन बिस्तार गर्न सुझाव दिएसंगै आगामी स्थानीय निर्वाचनको तयारीमा जुट्न र नेकपा एसको कमिटी निर्माणमा गति बढाउन सबैलाई आग्रह गरेका छन् ।

Nekapa-s-1 2