धरान : झापाको कमल गाउँपालिका–५ स्थित पुर्व पश्चिम राजमार्गमा बस र मोटरसाईकल आपसमा जुध्दा मोटरसाईकल चालकको मृत्यु भएको छ भने पछाडि सवार घाईते भएका छन । 

मृत्यु हुनेमा सुनसरीको बराहक्षेत्र नगरपालिका–१० का २२ बर्षिय अभिषेक यादव रहेको प्रहरीले जनाएको छ ।
हिजो बेलुकी पौने पाँच बजे पुर्वतर्फ जाँदै गरेको बसले बिपरित दिशाबाट आउदै गरको प्र.१–०२–०४८ प ३०८९ नम्वरको मोटरसाईकललाई ठक्कर दिएको थियो । 

ठक्कर लागि घाईते भएका यादव र सोही स्थानका २५ बर्षिय राम कुमार खड्काको लाइफ लाइन अस्पताल दमकमा उपचार भईरहेकोमा यादवको छ भने यादबको उपचारको क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने बस र चालक झापा दमक नगरपालिका–२ का सोम बहादुर गुरुङलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई अनुसन्धन भईरहेको छ ।