विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना सङ्क्रमण भएको छ ।

४३७ जनाको पीसीआर परीक्षण गर्दा २० र १०५ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १५, सुनसरीमा २, झापा, भोजपुर र सङ्खुवासभामा १–१ जनामा सङ्क्रमण भएको हो ।

मोरङको विराटनगरमा ९, कटहरी, सुन्दरहरैचा, पथरीशनिश्चरे, बेलबारी, सुनबर्षी र स्थानीय तह नखुलेका १-१, सुनसरीको गढी र इटहरीमा १-१, झापाको दमक, भोजपुरको पौवादुङ्मा र सङ्खुवासभाको चैनपुरमा १-१ जनामा सङ्क्रमण भएको हो ।

प्रदेश १ मा आज १८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ९ महिला र ९ पुरुष रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ९८ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।