काठमाडौँ : नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट केन्द्रीय कार्यसमिति चयन प्रक्रिया पूरा भएको छ।

गए राति अबेरसम्म मतगणना सकिएपछि केन्द्रीय कार्यसमिति चयन प्रक्रिया पुरा भएको हो । निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई निर्वाचन समितिले निर्वाचित भएको प्रमाण पत्र दिने तयारी गरेको छ ।

काँग्रेसको केन्द्रीय निर्वाचन समितिले पदाधिकारी एवं सदस्यहरूलाई आज बिहान ११ बजे निर्वाचित भएको प्रमाणपत्र वितरण गर्ने निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिएका छन् ।

कार्यक्रम आज बिहान ११ बजे पार्टी कार्यालयमा आयोजना हुने छ ।

Congress-1 Congress-2 Congress-3 Congress-4 Congress-5 Congress-6 Congress-7 Congress-8 Congress-9 Congress-10