प्रकाशपुर : सुनसरीको बराहक्षेत्र नगरपालिकाका टोल वस्तीमा नेकपा एकिकृत समाजवादीले हात हातमा कलम अभियान चलाउदै संगठन निमार्ण थालेको छ ।

सुनसरीमा नेकपा एमालेका नेता कार्यकर्ताहरु सो पार्टीबाट विद्रोह गर्दै अन्यबाट प्रवेश गर्नेको दैनिक ठुलो सख्याँमा नेकपा एकिकृत समाजवादीमा आवद्ध हुनेक्रमसंगै नेकपा एसले हात हातमा कलम अभियान चलाएको हो ।

नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य तथा सुनसरी सह–इन्चार्ज केशव तिम्सीनाले एमालेले कम्युनिष्ट विचार र सिद्धान्तलाई छाडेपछि वर्गिय मुक्तीका लागि असल वामपन्थी नेता कार्यकर्ताहरु दैनिक सयौको सख्याँमा एस पार्टीमा आउने क्रम सुरु भएको बताए ।

नेता तिम्सीनाले सुनसरीमा केपी ओलीलाई देवत्वकरण गर्ने बाहेकका एमालेका सवै नेताहरु विद्रोह गर्दै नेकपा एसमा समाहित हुन थालेकाले नयाँ पुस्तालाई माक्सवादी दर्शन, सिद्धान्त र लेलिनवादी संगठनको गौरवपुर्ण साठनिक संरचनामा प्रशिक्षीत गर्दै ओलीबावादीहरुलाई एक्लाउदै जाने बताए ।

हात हातमा कलम अभियान अन्र्तगत बराहक्षेत्रका विभिन्न वडाहरुमा पार्टी कमिटी गठन, पुर्नगठन, युवा संघ गठन, अनेरास्ववीयु गठन, अनेमसंघ गठन गर्दै विधि र पद्धती अनुसार परिचालित हुने कार्यकर्ताहरुको पंत्तीलाई पार्टी संगठनमा एक कार्यकर्ता एक जिम्मेवारी दिएर संगठन निमार्णलाई समेत अगाडी बढाइएको तिम्सीनाले बताए ।

यसैगरि शुक्रवार बराहक्षेत्र १ नं वडामा राजु भट्टराई अध्यक्ष रहेको ४५ सदस्य वडा कमिटी गठन भएको छ । उपाध्यक्षमा थिरबहादुर थापा, सचिव मनिष श्रेष्ठ, उपसचिव बलबहादुर रहेका छन ।

शुक्रवार बराहक्षेत्र २ नं वडामा भएको भेलाले रामगोपाल खडकाको अध्यक्षतामा ५२ सदस्य वडाकमिटी गठन गरेको छ । उपाध्यक्षमा दलबहादुर मगर र सपना नेपाल सचिवमा रेमकुमार राई उपसचिवमा भिम श्रेष्ठ रहेका छन ।

बराहक्षेत्रका वडाहरुमा युवालाई संगठित गर्दै नेकपा एसले युवा संघ नेपाल समेत गठन गरेको छ । बराहक्षेत्र १ को युवा संघ अध्यक्षमा दिनेश राई उपाध्यक्षमा बलबहादुर राई र सुमित थापा सचिवमा सचिन बस्नेत सहसचिवमा बलबहादुर राई चयन भएका छन ।

बराक्षेत्र २ नं वडाको युवासंघ अध्यक्षमा सुदिप राई उपाध्यक्षमा बन्दना श्रेष्ठ सचिवमा मन्दीप श्रेष्ठ, सहसचिवमा कमला रानामगर र सुमित भुजेल चयन भएका छन ।

नेकपा एस वडा कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई केन्द्रिय सदस्य तथा सुनसरी सह–इन्चार्ज केशव तिम्सीनाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

यसैगरि युवासंघ नेपालका पदाधिकारी तथा सदस्यहरुलाई युवासंघ सुनसरीका अध्यक्ष सोम लोङग्ली बान्तवा राईले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । कार्यक्रममा नेकपा एसका केन्द्रिय परिषद सदस्य लक्ष्मण चौधरी, सुनसरी उपाध्यक्ष सिताराम पराजुली, बराहक्षेत्रका अध्यक्ष चन्द्र मगर लगायतका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

Nekapa-s-1 4