धरान : तेह्रथुम र सङ्खुवासभाको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ।

हिजो अपराह्न देखि साँझ सम्म भएको हिमपातका कारण चिसो बढेपछि जनजीवन प्रभावित भएको छ भने वसन्तपुरको देउरालीबाट ताप्लेजुङको साँघुतर्फ जाने सडक समेत हिजो केही समय अवरुद्ध भएको थियो।

हिमपातका कारण बूढाबूढी र बालबालिका घर बाट बाहिर निस्कन सकेका छैनन् । मौसममा आएको बदलीसँगै शुक्रवार अपराह्नबाट तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङको संगमस्थल तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा हिउँ परेको श्री गुफा पोखरी आधारभूत विद्यालयका प्रधानाध्यापक हिमा खनालले बताइन् ।

खनालका अनुसार तीनजुरे, पाँच पोखरी, गुफा पोखरी, मङ्गलवारे, चौकी, मिल्के लगायतका क्षेत्रमा हिउँ परेको छ ।

हिउँ परे पछि अहिले हिउँ खेल्नेहरू बिहानै देखि टिएमजे क्षेत्रमा पुगिरहेको खनालले बताइन् । 'अहिले पनि मौसम पुरै त खुलेको छैन हल्का धुम्मिएको छ'-उनले भनिन् ।

Hiung-3 Hiung-5 Hiung-2 Hiung-7 Hiung-6 Hiung-4 Hiung-8

Hiung-1