चक्रघट्टी : सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं ५ स्थित कालाबन्जारमा नेकपा एकीकृत समाजवादीको वडा कमिटी गठन भएको छ ।

टोल बस्तीमा हात हातमा कलम अभियानसँगै सङ्गठन विस्तारमा लागेको नेकपा एसले आयोजनामा शनिवार भएको वडा भेलाले दिनेश कटुवालको अध्यक्षतामा ५१ सदस्य कमिटी गठन गरेको हो ।

नेकपा एसका सुनसरी सदस्य तथा युवासंघ नेपालका सुनसरी अध्यक्ष सोम लुङग्ली बान्तवा राईका अनुसार विगतमा एमालेका विभिन्न कमिटीमा रहेका र अन्य राजनीतिक दलबाट आएका नेता कार्यकर्ताहरूको सहभागितामा वडा कमिटी गठन भएको हो ।

युवा सङ्घका अध्यक्ष राईले वराहक्षेत्रका विभिन्न वडामा एमालेबाट विद्रोह गर्ने र अन्य दल परित्याग गरी नेकपा एसमा आउनेलाई जिम्मेवारी दिने क्रममा नगर कमिटी, वडा, कमिटी र हिजोको आबद्धताका आधारमा माथिल्लो तहको कमिटीमा जिम्मेवारी दिँदै सबैलाई सङ्गठनमा गोलबन्द गरिएको बताए ।

वडा भेलामा नेकपा एसका केन्द्रीय परिषद् सदस्य लक्ष्मण चौधरी, सुनसरी उपाध्यक्ष सिताराम पराजुली, नगर अध्यक्ष चन्द्र मगर, सचिव पुष्प राजधामी, नेकपा एसका नेता गोकुल थापा सुनसरी सदस्य सोम राई लगायतले बोलेका थिए ।