विराटनगर : प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले पछिल्लो समय पठन संस्कृति हराउँदै गएको बताएका छन् ।

उनले नैतिक शिक्षा र पठन संस्कृति हराउँदै गएकोमा चित्ता समेत व्यक्त गरे । सुनसरीको इनरुवामा शनिवार राधा सुवेदीको मुक्तक ‘युग फेरिन देऊ’को विमोचन कार्यक्रमलाई संवोधन गर्दै मन्त्री यादवले विद्यालयमा नैतिक शिक्षा र नागरिकमा साहित्य पठन संस्कृति हराउँदै गएको बताए ।

विकास र समृद्धिका लागि साहित्यको विकास पनि आवश्यक रहेको उनले जोड दिए । आधुनिकताका नाममा विद्यार्थीहरूले मौलिक संस्कार बिर्सँदै गएको मन्त्री यादवको भनाई छ । मन्त्री यादवले सामाजिक सञ्जालका कारण पठन संस्कृति हराउँदै गएको भन्दै उनले सुधार गर्न आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा साहित्यकार दधिराज सुवेदी, भरत गुरागाईँ, जीवनाथ पोखरेल लगायतले बोलेको मन्त्रीका स्वकीय सचिव देवेन्द्रप्रसाद यादवले जानकारी दिए ।