धरान : धरान-१६ स्टेडियम लाइनमा रहेको जेनिथ् सेकेन्डरी बोर्डिङ स्कुलले क्रिसमस इभको अवसरमा एकल गायन कार्यक्रम आयोजना गरेको छ ।

सो अवसरमा सिनियर र जुनियर गरी दुई समूहमा बिद्यार्थीहरुलाई विभाजन गरी प्रतियोगिता आयोजना गरिएको थियो । पन्ध्र पन्ध्र जना प्रतियोगी मध्येबाट सिनियर समूहबाट प्रथम जेनिथ आइडल अनिसा तामाङले जित्न सफल भएकी छिन् ।

फस्ट रनर अप र सेकेन्ड रनर अप क्रमशः नामसाङ लिम्बु र आयुस राई भएका थिए । यसरी नै जुनियर तर्फबाट केनिङमा लावतीले प्रथम जेनिथ आइडल जित्न सफल भइन भने फस्ट रनर अप र सेकेन्ड रनर अप डालुमा शेर्पा र सक्षम सुन्दास भएका थिए ।

उक्त प्रतियोगिताको निर्णायक मण्डलमा शिक्षिका समिता लिम्बु र कल्पना लावती थिए । सो प्रतियोगितामा विद्यार्थीहरूले गायन सँगै आफूमा लुकेको विविध प्रतिभाहरू प्रस्तुत गरेर भरपुर मनोरञ्जन दिएका थिए ।

कार्यक्रम प्रिन्सिपल सुमन जवेगुको अध्यक्षता सम्पन्न भएको थियो भने शिक्षक जीवी लिम्बु र समिता लिम्बुको संयोजनमा श्री जेनिथ् बाल क्लबले आयोजना गरेको थियो । शिक्षक शिक्षिकाको तर्फबाट समिता लिम्बुले गायन प्रस्तुत गरेकी थिइन् भने रजनी मानन्धरद्वारा आकर्षक नृत्य प्रस्तुत भएको थियो ।

कार्यक्रममा विद्यालयकी विद्यार्थी छात्रा मोनिका तामाङले कार्यक्रम सञ्चालन गरेकी विद्यालयकी भाइस प्रिन्सिपल पुजा ताम्राकार जवेगुले जानकारी दिइन् ।

Zenith-Idal-1