धरान : हिमालयन बैङ्क लि. धरान शाखाले धनकुटाको चौबिसे गाउँपालिका र सागुरीगढी गाउँपालिकामा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

बैङ्कको सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको उक्त कार्यक्रम बैङ्कका प्रदेश १ प्रमुख अमृत मल्ल लगायत अन्य कर्मचारीहरूको उपस्थितिमा सम्पन्न भएको हो ।

हिमालयन बैङ्क लि. प्रदेश १ कार्यालयले डाडावजारमा रहेको श्री भानु मावि,सागुरीगढी गाउँपालिका, धनकुटामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको उक्त कार्यक्रममा गाउँपालिकाका १०० भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो ।

बैङ्कका प्रदेश १ प्रमुख अमृत मल्लको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि गाउँ पालिकाका अध्यक्ष कुमार जङ्ग याखा, अतिथिहरू वडा अध्यक्ष पलक बहादुर बस्नेत, विद्यालय व्यवस्थापन समिति अध्यक्ष पूर्ण खजुम, भानु माविका प्रधानाध्यापक यज्ञ बहादुर लिम्बु लगायत अन्य स्थानीय सङ्घ संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो ।

बैङ्क तथा वित्तीय संस्थाका सेवा सम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सहभागीहरूको उत्साहजनक सहभागिता रहेको थियो भने बैङ्कका विराटनगर,इटहरी,धरान, हिले शाखाको कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

बैकले ३०० थान १५ हजार बरावरको स्वेटर तथा टोपी सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई वितरण पनि गरेको छ ।