विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना सङ्क्रमण भएको छ ।

३५५ जनाको पीसीआर परीक्षण गर्दा २२ र ४८ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३, सुनसरीमा ४, झापामा ३, पाँचथर र प्रदेश १ बाहिरका १–१ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ७, लेटाङ, सुन्दरहरैचा, पथरीशनिश्चरे, बेलबारी, केराबारी र रतुवामाईमा १-१, सुनसरीको इटहरीमा २, धरान र रामधुनीमा १-१,झापाको दमक, मेचीनगर र बिर्तामोडमा १-१, पाँचथरको हिलिहाङ र प्रदेश १ बाहिरका १-१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ११ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ६ महिला र ५ पुरुष रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ११३ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।