इटहरी : बालिका बलात्कार प्रकरणमा पक्राउ परेका भोक्राहनरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र यादव रिहा भएका छन् । अध्यक्ष यादवको रिहाइ सँगै स्थानीयले खुसीयाली मनाएका छन् ।

गत वैशाख ८ गते इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरी र्पुपक्षका लागि झुम्का कारागार पठाइएको थियो । एक साता अघि रिहा भएका उनको भोक्राहनरसिंह गाउँपालिकाको कार्यालय अगाडि भव्य कार्यक्रम भएको हो । यादवलाई फसाउने षड्यन्त्र असफल भएको र न्यायको जित भएको भन्दै सयौँ समर्थकले नारा लगाएका थिए ।

सुनसरी जिल्ला अदालतका ६ नम्बर न्यायधिश टिकेन्द्र दाहालको इजलासले अध्यक्ष यादवलाई सफाइ दिएका हुन् । पुस ४ गते आइतबार छैठौ पटकको पेशीमा दाहालको इजलासले अध्यक्ष यादवलाई सफाइ दिएको हो ।

स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै यादवले ४० वर्ष देखि भोक्राहानरसिंहको विकासमा लागेको नेता भएकाले आफू जनताको सेवाबाट पछि नहट्ने बताए । सास रहुन्जेल जनताको सेवामा लाग्ने भन्दै यादवले षड्यन्त्र गरेर फसाइएको दाबी गरे ।

Bhokrahanarsing-ma