धरान : मोरङको विराटनगर महानगरपालिका-३ कंचनबारीमा रहेको माछापुच्छ्रे बैङ्कको एटिएम तोडफोडमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–५ का २१ वर्षीय पारस कालिकोटे रहेका छन् ।

गए राती साढे ९ बजे एटिएम मेसिन तोड फोड भइरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ, प्रहरी चौकी बरगाछी र सी.आर.भि. पोस्ट भट्टाचोकबाट तत्कालै प्रहरी टोली परिचालन भई तोडफोडमा संलग्न कालिकोटेलाई पक्राउ गरेको हो ।

पक्राउ परेका कालिकोटेको जिल्ला प्रहरी कार्यालय मोरङबाट आवश्यक अनुसन्धान भइरहेको छ ।