धरान : झापाको बिर्तामोड नगरपालिका–१ पूर्व शान्ति टोलबाट ब्राउन सुगर सहित १ जना पक्राउ परेका छन् ।

ब्राउन सुगर ओसार पसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-४ का २१ वर्षीय अबि शेखलाई २ ग्राम ४७० मिलिग्राम लागुऔषध सहित आइतबार बेलुका ७ बजे पक्राउ गरेको हो ।

पक्राउ परेका शेखको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।