विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८ जनामा कोरोना सङ्क्रमण भएको छ ।

३२९ जनाको पीसीआर परीक्षण गर्दा ७ जना र ७० जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झापामा ५, मोरङ र पाँचथरमा १-१ जनामा सङ्क्रमण देखिएको हो । झापाको भद्रपुरमा २, हाल्दिबारी, मेचीनगर र कनकाईमा १-१, मोरङको विराटनगरमा र पाँचथरको फिदिममा १-१ जनामा सङ्क्रमण देखिएको हो ।

प्रदेश १ मा आज १७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ५ महिला र १२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १०२ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।