विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना सङ्क्रमण भएको छ ।

३६५ जनाको पीसीआर परीक्षण गर्दा १२ र ९४ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०, झापा र सुनसरीमा १–१ जनामा सङ्क्रमण भएको हो । मोरङको विराटनगरमा ९ र उर्लाबारीमा १, झापाको भद्रपुर र सुनसरीको इटहरीमा १–१ जनामा सङ्क्रमण भएको छ ।

प्रदेश १ मा आज ७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३ महिला र ४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १०७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।