धरान : गए राति देखि पूर्वमा आएको मौसम परिवर्तनसँगै पूर्वी उच्च पहाडी क्षेत्रहरूमा हिमपात भएको छ ।

यस भन्दा अघि पनि हिमपात भएको पूर्वी उच्च पहाडी क्षेत्रमा गए राति देखि भने भारी मात्रामा हिमपात भइरहेको छ ।

पुर्वका विभिन्न स्थानहरूमा सिमसिम पानी समेत परिरहेको छ भने इलामको सन्दकपुर, ताप्लेजुङको उच्च पहाडी क्षेत्र, सङ्खुवासभाको गुफा पोखरी, मङ्गलवारे, चौकी र तेह्रथुम, सङ्खुवासभाको संगमस्थल तीनजुरे क्षेत्रमा बाक्लो हिमपात भएको गुफापोखरीबासी हिमा खनालले जानकारी दिइन् ।

यसैबिच पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर वर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनसम्म मौसममा बदली भई वर्षा र हिमपातको सम्भावना रहेको छ ।

 

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

                                                      मौसम पूर्वानुमान महाशाखा

तराईको हुस्सु/कुहिरो/शितलहर बुलेटिन (Terai Fog/Cold wave Bulletin)

(जारी मिति: २०७८-09-१४ बिहान ०९:३० बजे) 

हालको अवस्था (Present Weather Status) :

देशको पश्चिम तराईका एक वा दुई स्थानमा हुस्सु लागेको र तराईका धेरै स्यानहरूमा हल्का वर्षा भइरहेको छ।

बिहान ०८ः४५ बजेको भू-उपग्रहबाट लिइएको तस्विर :

तराईका केही ठाउँहरूका बिहान ८:४५ बजेको मौसमी अवस्था :

प्रदेश

मौसम केन्द्र

हिजोको

अधिकतम तापक्रम (°C)

हिजोको

न्यूनतम तापक्रम (°C)

आजको न्यूनतम तापक्रम (°C)

पारदर्शिता

(Visibility) (m)

कैफियत

सुदूर पश्चिम

धनगढी

18.5

10.2

12.5

4000

वर्षा

लुम्बिनी

नेपालगंज

18.3

11.2

12.6

1200

हुस्सु

लुम्बिनी

भैरहवा

28.0

10.4

13.3

5000

वर्षा

प्रदेश २

सिमरा

24.2

11.5

14.0

3000

वर्षा

प्रदेश २

जनकपुर

24.8

10.8

15.2

6000

वर्षा

प्रदेश १

विराटनगर

24.6

9.4

13.0

4000

वर्षा

   आगामी २४ घण्टाको आंकलन (Outlook for next 24 hrs.)

पश्चिम तराई

एक वा दुई स्थानमा हुस्सु लागेको र मध्यान्ह सम्ममा हटेर जाने सम्भावना रहेको छ। केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

मध्य तराई

धेरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

पूर्व तराई

केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

 आगामी २४ घण्टा सम्मको चेतावनी तथा परामर्श

बिहानको समयमा देशका पश्चिम तराईका एक वा दुई स्थानमा हुस्सु लागेको भएपनि मध्यान्ह तिर हटेर जाने सम्भावना रहेको छ। तराईका धेरै स्यानहरूमा हल्का वर्षा भइरहेको र देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

नोट ‌: 

क्षेत्र

जिल्लाहरू

पश्चिम तराई

कञ्चनपुर,कैलाली,बर्दिया,बाँके,दाङ,कपिलवस्तु,रूपन्देही, नवलपरासी-पूर्व, नवलपरासी-पश्चिम

मध्य तराई

चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा

पूर्व तराई

सिराहा, सप्तरी, सुनसरी, मोरङ, झापा

मौसम विश्लेषण (Meteorological Analysis)

हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको छ।

हाल मौसमको अवस्था (Present Weather Status)

हाल देशभर सामान्य देखि पुर्ण बदली रहि अधिकांश स्थानहरुमा हल्का वर्षा भैरहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात भैरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ पौष १४ गते (बुधबार)

दिउँसो : देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।

राती : देशभर सामान्य देखि पूर्णतया बदली  रहनेछ। देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम  वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।

२०७८ पौष  गते (बिहीबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।

राती : देशभर आंशिक देखी सामान्य बदली  रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

२०७८ पौष  गते (शुक्रबार)

दिउँसो : देशभर आंशिक बदली रही एक वा दुई स्थानहरूमा हल्का वर्षा र गण्डकी प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

राती : देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सफा रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र देशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोवाट बच्न र हिमपातवाट हुन सक्ने प्रभाव वाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।