धरान : झापाको झापा गाउँपालिका-४ स्थित भित्री सडक खण्डमा ट्र्याक्टरले किचेर चालकको मृत्यु भएको छ ।

हिजो दिउँसो २ बजे मे.१ त ४७०९ नम्बरको खाली ट्र्याक्टर आफै अनियन्त्रित भई खेतमा पल्टी दुर्घटना हुँदा चालक झापा गाउँपालिका-४ का २२ वर्षीय सुनिल हेमरनलाई ट्र्याक्टरको इन्जिनले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

मृतकको शव पोस्टमार्टमको लागि मेची अस्पताल भद्रपुर पठाएको र घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान तथा कानुनी प्रक्रिया भईरहको प्रहरीले जनाएको छ ।