धरान : सुनसरीको दुहबी नगरपालिका–३ बाट १ थान पेस्तोल सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इटहरी उप–महानगरपालिका–१२ खनारका ३४ वर्षीय काउ भनिने सुशील शाह रहेका छन् । शाहले पेस्तोल लिई हिँडिरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले राती साँढे १० बजे दुहबी–३ बाट शाहलाई पक्राउ गरेको हो ।

शाहको साथबाट प्रहरीले १ थान कटुवा पेस्तोल र १ थान फिङगर पहुँच बरामद गरेको छ । हतियार सहित पक्राउ परेका शाहको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।