विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना सङ्क्रमण भएको छ । 

३०५ जनाको पीसीआर परीक्षण गर्दा ८ र ७८ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङ र झापामा ३-३ र सुनसरीमा २ जनामा सङ्क्रमण देखिएको हो । मोरङको विराटनगरमा र झापाको बिर्तामोडमा ३-३, सुनसरीको दुहबी र धरानमा १–१ जनामा सङ्क्रमण देखिएको हो ।

प्रदेश १ मा आज ६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २ महिला र ४ पुरुष रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या १०९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।