विराटनगर : प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले कोशी कोभिड अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितसँग प्रत्यक्ष भेटघाट गरी अवस्थाबारे जानकारी लिएका छन् ।

पिपिई पोसाक लगाएर चिकित्सक टोलीसँगै कोभिड अस्पतालको एचडियु र आइसियु वार्ड भित्र गई मन्त्री कार्कीले उपचारमा उपलब्ध सेवाबारे सङ्क्रमितबाट जानकारी लिएका हुन् ।

प्रदेश सरकारले सञ्चालन गरेको अस्पतालमा अक्सिजन चाहिने र गम्भीर प्रकृतिका सङ्क्रमितलाई उपचार सेवा उपलब्ध छ । मन्त्री कार्कीले भने,भित्र चिकित्सकहरू नजाने गरेको, उपचारमा हेलचेक्र्याइँ हुने गरेको बाहिरबाट गुनासो आउने गरेको थियो त्यही भएर आफै अवस्था बुझ्न गएका हुन ।

कार्कीले उपचारमा कमजोरी हुन नदिन प्रदेश सरकार चनाखो भएको र फेरि ओमीक्रोन सङ्क्रमण बढ्न सक्ने देखिएकोले अस्पतालको व्यवस्थापन लगायतका विषयमा छलफल गरी जानकारी दिएको मन्त्री कार्कीले बताए ।

कोशी कोभिडमा एक सय बेडसहित आइसियु र भेन्टिलेटरको समेत सुविधा छ । अहिले अस्पतालमा उपचार गर्नु पर्ने बिरामीको लागि कोशी कोभिडमा मात्र सेवा उपलव्ध छ ।