धरान : धरान उपमहानगरपालिकाले नौ जना नगर प्रहरीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

बिहीबार मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले नगर प्रहरी ४ जना र वारुणयन्त्र शाखामा कार्यरत ५ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन ।

मेयर तिलक राईले दर्ज्यानी चिन्ह प्रदान गर्दै बढुवा भएका नगर प्रहरीहरूलाई इमान्दारिता र कर्तव्यनिष्ठ भई नगरको सुरक्षामा खटिन निर्देशन दिए ।

नगर प्रहरी निरीक्षक विष्णु कोइरालाका अनुसार ४ जना नगर प्रहरी हवल्दारबाट असईमा बढुवा भएका छन भने भने वारुणयन्त्र शाखामा कार्यरत ५ जना हवल्दारबाट जमदारमा बढुवा भएका छन ।

नगर प्रहरी धनबहादुर लिम्बु, विजय थापामगर, बिसान गुरुङ र सुरेश मंग्रातीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो भने वारुणयन्त्र शाखामा कार्यरत देवल कुमार राई, बुद्ध तामाङ, नवीन भुजेल, सूर्यप्रसाद अधिकारी र कुमार बुढाथोकीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो ।