विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा १० जनामा कोरोना सङ्क्रमण भएको छ ।

३३५ जनाको पीसीआर परीक्षण गर्दा ९ र १११ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ४, सुनसरी र झापामा २-२, उदयपुरमा १ जनामा सङ्क्रमण भएको हो । मोरङको विराटनगरमा ४, सुनसरीको दुहबीमा २, झापाको मेचीनगर र दमकमा १-१ र उदयपुरको बेलकामा १ जनामा सङ्क्रमण भएको हो ।

प्रदेश १ मा आज ६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ४ महिला र २ पुरुष रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ११२ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।