धरान : उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) सुनसरीको स्पोर्टस मिट अन्तर्गत ब्याडमिन्टनको उपाधि छात्र तर्फ सुनाखरी सेकेण्डरी स्कुल र छात्रा तर्फ सीबी कलेजले जितेको छ ।

इटहरी रङ्गशालामा रहेको कबर्डहलमा शुक्रवार सम्पन्न छात्र तर्फको प्रतिस्पर्धामा सुनाखरी स्कुलका रोदन राई प्रथम हुँदा युरेका स्कुल धरानका अनमोल राई दोस्रो भएका छन् । यस्तै कस्तुरी एकेडेमीका अजय शाह र डिपोट सेकेण्डरी स्कुलका ऋषिकान्त राई तेस्रो भएका छन् ।

छात्रा तर्फको प्रतिस्पर्धामा सिबी कलेजकी रोज राई प्रथम हुँदा बेबीलोन सेकेण्डरी स्कुलकी सन्ध्या श्रेष्ठ दोस्रो भएकी छन् । यस्तै प्रभात इंगलिस स्कुलकी कञ्चन राई र धरान सेकेण्डरीकी सदिक्षा लिम्बु तेस्रो भएकी छन् ।

स्पोर्टस मिट अन्तर्गत शुक्रवार नै सम्पन्न टेबल टेनिसको उपाधि छात्र र छात्रा दुवै तर्फ युरेका सेकेण्डरी स्कुलले जितेको छ । छात्र तर्फ सरण राई प्रथम भएका छन् भने छात्रा तर्फ सुयशाा राई प्रथम भएकी छिन ।

यस्तै छात्र तर्फ धरान आदर्शका अनमोल बिक दोस्रो भएका छन् । विश्व आदर्शका रियाज खड्का र सुनाखरी एकेडेमीका त्याबुहांग राई तेस्रो भए । छात्रा तर्फ धरान सेकेण्डरी स्कुलकी अदिति श्रेष्ठ दोस्रो भइन भने धरान आदर्शकी दिया शाक्य र सुष्मा गोदावरी कलेजकी सोनीका राई तेस्रो भएकी छन् ।